कबाडी गोदाममा दुई जनाको ज्यान गयो

कबाडी गोदाममा दुई जनाको ज्यान गयो

मोरङको विराटनगर महानगरपालिका–७ स्थित सातघुम्तीमा रहेको एक कबाडी गोदाममा भएको आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ ।

आज दिउँसोको आगलागीमा परेर मृत्यु हुनेमा दिपक मण्डल रहेका छन् । अर्का एक जनाको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय,मोरङले जनाएको छ ।त्यस्तै,सुशीला पासवान, अजिता सरदार गम्भीर घाइते भएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन दाहालले बताए । 

उनका अनुसार पिंकी कामत र किशोर कामत सामान्य घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको विराटनगरस्थित न्यूरो अस्पताल र एक जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ । 

हाल आगो नियन्त्रणमा लिइसकेको डिएसपी दाहालले जानकारी दिए । घटनाको कारण र क्षतिको विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

टिप्पणीहरू