आगो ताप्ने क्रममा सिलिण्डर पड्क्यो, अधबैंशेको निधन

आगो ताप्ने क्रममा सिलिण्डर पड्क्यो, अधबैंशेको निधन

सिन्धुपाल्चोकमा भएको आगलागीमा एक जनाको ज्यान गएको छ । आगो ताप्ने क्रममा बाह्रबिसेका ४५ वर्षीय लोकबहादुर नेपालीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार घरभित्र आगो ताप्ने क्रममा एक्कासी आगलागी भएको र त्यसपछि खाना पकाउने ग्याँस सिलिण्डर पड्किँदा मानवीय क्षति भएको बताइन्छ । नेपालीको घटनास्थलमै ज्यान गएको हो ।

आगलागीमा परेका अन्यको प्रहरीले उद्धार गरेको थियो ।

टिप्पणीहरू