कालिजलाई हानेको गोली शिकारीतर्फ फर्कियो

कालिजलाई हानेको गोली शिकारीतर्फ फर्कियो
सुन्नुहोस्

सिन्धुपाल्चोकमा आफैले बनाएको घरेलु बन्दुक लिएर कालिज शिकार गर्न गएका एक जनाले ज्यान गुमाएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका ३ का १८ वर्षीय फूलकाजी तामाङको कालिजलाई गोली हान्ने क्रममा ‘ब्याक फायर’ भएर मृत्यु भएको बताइएको छ ।

अस्ति बेलुकी ८ बजे कालिज शिकार गर्न तामाङ र उनका १५ वर्षीय भाई भाइराजा तामाङ स्थानीय जंगल ललायी पाखामा गएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बारुद र हलीको फालीलगायत घरेलु सामाग्रीद्वारा आफैंले तयार गरेको भरुवा बन्दुक बोकेर उनीहरु कालिज मार्न गएका थिए । 

कालिजलाई गोली हान्ने क्रममा व्याक फायर भएर तामाङको मृत्यु भएको प्रहरी नायव निरीक्षक निरञ्जन भट्टराइले जानकारी दिए । उनीसँगै गएका मृतकका भाइ भाइराजा भने सकुशल छन् । मृतक तामाङको जिल्ला अस्पताल चौतारामा पोष्टमार्टम गर्न लागिएको छ । 

टिप्पणीहरू