चिसोबाट भूकम्प प्रभावित सुत्केरीको मृत्यु

चिसोबाट भूकम्प प्रभावित सुत्केरीको मृत्यु

जाजरकोटमा चिसोका कारण सुत्केरीको मृत्यु भएको छ । भूकम्पप्रभावित जाजरकोट र रुकुम पश्चिममा सुत्केरी, बालबालिका तथा वृद्धवृद्धालाई निकै सकस भएको बताइएको छ ।

भूकम्पछि त्रिपालमा बस्दै आएकी २५ वर्षीया सुत्केरीको निधन भएको हो । प्रहरीका अनुसार नलगाड नगरपालिका–८, तल्लोसिमाकी शर्मिला चदाराको चिसोका कारण मृत्यु भएको हो ।

उनले एक महिना अघि छोरी जन्माएकी हुन् । जाजरकोटमा हालसम्म आठ सय ९६ जना सुत्केरी छन् । कात्तिक १७ गतेको भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा चिसोका कारण १० जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू