पुलिसमा साढे चार सयलाई जागिरको अवसर

पुलिसमा साढे चार सयलाई जागिरको अवसर

नेपाल प्रहरीले इन्स्पेक्टर र असईमा नयाँ भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालय, भर्ना छनौट शाखाले आज विज्ञापन निकालेर २१ इन्स्पेक्टर र ४३८ जना असई मागेको हो । 

समावेशी प्रावधानबमोजिम खुल्ला प्रतियोगिताद्धारा पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुकलाई अनलाइन दरखास्त दिन भनिएको छ । इन्स्पेक्टरका लागि दरखास्त दिने मिति आउँदो पुस ६ देखि माघ ५ तथा असईमा ९ देखि माघ ८ गतेसम्म तोकिएको सूचनामा उल्लेख छ । । 

इन्स्पेक्टरका लागि २० वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको र असईका लागि १८ वर्ष उमेर पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ । यससम्बन्धी विस्तृत जानकारी नेपाल प्रहरीको वेबसाइट वा फेसबुक पेजमा हेर्न सकिने जानकारी गराइएको छ 

टिप्पणीहरू