राति स्कुटर चढेका चिनियाँ पुरुष र नेपाली महिलाको साथमा नोटको बिटो

राति स्कुटर चढेका चिनियाँ पुरुष र नेपाली महिलाको साथमा नोटको बिटो
सुन्नुहोस्

प्रहरीले स्रोत नखुलेको रकमसहित चिनियाँ पुरुष र नेपाली महिलालाई पक्रेको छ । उनीहरुलाई गएराति बल्खु चोकबाट चार लाख नौ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको बताइएको छ ।

ठमेलमा बस्दै आएका चिनियाँ नागरिक चाङ विङ र नैकापमा बस्ने बानियाँटारकी २५ वर्षीया सरिता खड्का रातको समयमा उक्त रकमसहित समातिएका हुन् ।

बा.प्र.०२–०४४ प २६११ नम्बरको स्कुटर जाँच गर्ने क्रममा नगद फेला परेको हो ।

टिप्पणीहरू