गोसाईंकुण्डमा झण्डै १५ लाखको सुनका बेरुवा औंठी

गोसाईंकुण्डमा झण्डै १५ लाखको सुनका बेरुवा औंठी
सुन्नुहोस्

प्रहरीले रसुवामा झण्डै १५ लाखको सुन बरामद गरेको छ । गोसाईंकुण्ड गाउँपालिका–२, रसुवागढीबाट १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

आमाछोदिङ्मो गाउँपालिका–१, हाकुका ४४ वर्षीय सिने वाङ्दी तमाङ, चिलिमेकी १६ वर्षीया किशोरी र २३ वर्षीय लक्ष्मी तामाङ पक्राउ परेका छन् । चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूले पाँच थान बेरूवा औंठीको रूपमा उक्त सुन ल्याएको प्रहरीको भनाई छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू