प्रधानमन्त्री फर्केपछि राष्ट्रिय सभाका उपाध्यक्ष चीन प्रस्थान

प्रधानमन्त्री फर्केपछि राष्ट्रिय सभाका उपाध्यक्ष चीन प्रस्थान
सुन्नुहोस्

राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल एउटा सम्मेलनमा भाग लिन आज चीन प्रस्थान गर्नुभएको छ । उहाँ ११ सदस्यीय टोलीको नेतृत्व गर्दै मध्यान्ह १२ बजे सिचुआन एअरलाइन्सको उडानमा काठमाडौंबाट छन्तुतर्फ जानुभएको बताइएको छ । 

तिब्बत स्वायत्त प्रदेशको निङहोइ शहरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय सहयोगको निम्ति चीनको सिचाङ ट्रान्स हिमालय तेस्रो सम्मेलनमा भाग लिन उहाँ सिचुआन एअरको उडान नम्बर ३ यु ८९०२ मा त्यसतर्फ जानुभएको हो । 

टोलीमा राष्ट्रिय सभाका सदस्यहरु अनिता देवकोटा, गोपीबहादुर सार्की आछामी, नरपति लुवार, मदनकुमारी शाह, मोहम्मद खालिद, रमेशजंग रायमाझी सहभागी छन् । त्यसैगरी, संसद सचिवालयका उपसचिव सञ्जय दाहाल, उपाध्यक्षका स्वकीय सचिव रामाकान्त चौधरी, सञ्चार विज्ञ डिल्ली मल्ल र संसद सचिवालयका शाखा अधिकृत प्रबल पौडेल पनि सोही टोलीमा चीन गएका छन् ।

टिप्पणीहरू