एमाले कोशीमा प्यानलबीच प्रतिस्पर्धा, घनश्याम विजयी

एमाले कोशीमा प्यानलबीच प्रतिस्पर्धा, घनश्याम विजयी

एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । पहिले अध्यक्ष केपी शर्मा ओली समूहका खम्बा मानिएका ढकाल पराजित भएका छन् । दुई पटक मोरङ एमालेको अध्यक्ष समेत भइसकेका केन्द्रीय सदस्य ढकालले पराजय व्यहोरेका हुन् ।

मोरङको लेटाङ खेरुवाका खतिवडा प्रतिस्पर्धी ढकाललाई ८२ मतले पराजित गरेका हुन् । उनले ५ सय १२ र ढकालले ४ सय ३० मत प्राप्त गरेका छन् । एमाले मोरङको पाँचौ अधिवेशनमा खतिवडा र ढकालबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला ढकालले माधव नेपाल समूहका खतिवडालाई हराएका थिए । 

एमाले कोशी प्रदेशको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङग निर्विरोध निर्वाचित भएका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी, सहसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई विजयी भएका छन् ।

अधिवेशनमा नौ सय ९७ जना प्रतिनिधि मध्ये नौ सय ७७ जनाले मात्र मतदान गरेका थिए । शुक्रबार अध्यक्ष ओलीले विराटनगरमा उदघाटन गर्नुभएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । उम्मेदवारहरु आ–आफनो प्यानल बनाएर निर्वाचनमा सहभागी भएको बताइन्छ ।

टिप्पणीहरू