पानीले रोक्यो एमाले अध्यक्षको आगमन
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्युठान भ्रमण रोकिएको छ । लगातारको वर्षा र मौसम प्रतिकूलताका कारण भोलि प्युठानमा उहाँको प्रमुख आतिथ्यमा हुन लागेको कार्यक्रम स्थगित भएको जानकारी हो ।
एमाले प्युठानका अनुसार भोलि बिहान ११ बजे जुम्रीको एउटा होटलमा राखिएको साक्षात्कार कार्यक्रम र स्वर्गद्वारी भ्रमण मौसम प्रतिकूलताका कारण रोकिएको छ ।
भोलि नै उहाँले नौबाहिनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्ने बताइएको थियो ।
टिप्पणीहरू