सामाजिक सुरक्षा कोषसँग आवद्ध अस्पतालहरुलाई सापटी माग्न पर्सिको समय, ऋण तीर्न मसान्त

सामाजिक सुरक्षा कोषसँग आवद्ध अस्पतालहरुलाई सापटी माग्न पर्सिको समय, ऋण तीर्न मसान्त

सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरुको उपचार गर्ने अस्पतालहरुले असार ३१ गतेसम्म रकम मागदाबी गर्न सक्ने भएका छन् । 

कोषसंग आबद्ध अस्पतालहरुले योगदानकर्ताहरुको उपचार गराएबापतको मागदाबी गर्न असार ३१ गते अन्तिम समय दिइएको हो । अस्पतालहरुले तोकिएको समयभित्र कोषको प्रणालीमा विवरण प्रविष्ट गरिसक्नुपर्ने जनाइएको छ । 

कोषले सूचना जारी गर्दै संस्थाबाट कर्जा–सापटी लिने योगदानकर्ताहरुलाई असार ३१ गते कार्यालय समयभित्र किस्ता तथा ब्याजबापतको रकम बुझाउन निर्देशन दिएको छ । 

‘कोषबाट कर्जा–सापटी लिने योगदानकर्ताहरुले असार ३१ गते कार्यालय समयभित्र किस्ता तथा ब्याजबापतको रकम सामाजिक सुरक्षा कोषको एपमार्फत बुझाउन’, सूचना उल्लेख छ । साथै, कुनै योगदानकर्तालाई सापटी चाहिएको भए असार २९ गतेभित्र माग गरिसक्न कोषले सुसूचित गराएको छ ।

टिप्पणीहरू