सरकारका पूर्वसचिव राप्रपाको मुख्यसचिवमा नियुक्त

सरकारका पूर्वसचिव राप्रपाको मुख्यसचिवमा नियुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सचिवालयको मुख्यसचिवमा केदारबहादुर अधिकारी मनोनीत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य अधिकारीलाई मुख्यसचिवमा मनोनयन गरेका हुन् । 

नेपाल सरकारका पूर्वसचिवसमेत रहेका उनी चितवनका हुन् । सचिवबाट अवकाश पाएपछि उनी राप्रपा प्रवेश गरेका थिए ।    

‘राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका केन्द्रीय सदस्य केदारबहादुर अधिकारी (चितवन) लाई केन्द्रीय सचिवालयको मुख्यसचिव पदमा मनोनयन गर्नुभएको छ । अधिकारी नेपाल सरकारका पूर्वसचिव समेत हुनुहुन्छ’, आज जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू