राजमार्गमा बस र जीप ठोक्किँदा दुई जनाको निधन

राजमार्गमा बस र जीप ठोक्किँदा दुई जनाको निधन

बाँकेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका ८, अगैयादेखि पश्चिम मुगुवा खोला नजिक बस र जीप ठोक्किएको बताइएको छ ।

पूर्व–पश्चिम राजमार्गमा नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको  भे.१ ख ३३३५ नम्बरको बस र दाङबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा. १३ च ८२५३ नम्बरको जीप ठोक्किँदा जीपमा सवार दुई जनाको निधन भएको हो । 

प्रहरीका अनुसार सुर्खेत निवासी ५४ वर्षीया डा. सञ्जु खाती (खड्का) र गोरखाका ३७ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार सुवास अधिकारीको मृत्यु भएको छ । डा. खाती रक्षामन्त्री  पूर्णबहादुर खड्काकी भाइ बुहारी रहेको बताइएको छ ।  

सामान्य घाइते कालिकोटका ३१ वर्षीय पदमबहादुर बुढासहित छ जनाको कोहलपुरस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू