चितवनमा बस पल्टियो, २१ जना घाइते

चितवनमा बस पल्टियो, २१ जना घाइते

चितवनमा यात्रुबाहक बस दुर्घटना हुँदा डेढ दर्जन बढी घाइते भएका छन् । आज अपराह्न पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका-५ पानीधारामा ग १ ख ७७०१ नम्बरको बस दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् । 

प्रहरीका अनुसार घाइते एक जनाको अवस्था गम्भीर छ । घाइतेमध्ये १७ जनाको पुरानो मेडिकल कलेजमा, तीन जनाको कुरिनटारको स्थानीय अस्पतालमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंबाट पोखरा जाँदै गरेको बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
 

टिप्पणीहरू