अर्बपतिकी बुहारी माग्ने, ससुरा र श्रीमान लुकाउने

अर्बपतिकी बुहारी माग्ने, ससुरा र श्रीमान लुकाउने

डलर अर्बपति विनोद चौधरीकी जेठी बुहारीले नेपाली व्यवसायीहरुले खर्च गर्नुपर्ने सामाजिक उत्तरदायित्वको पालना नगरेको पोल खोलेकी छन् । जेठा छोरा निर्वाण चौधरीकी कान्छी श्रीमती आश्रयता कार्की चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै आफ्ना ससुरा र श्रीमानको व्यवसायको आम्दानीबाट छुट्ट्याइएको रकमसमेत सामाजिक क्षेत्रमा खर्च नभएको रहस्योद्घाटन गरेकी हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेट गर्दै आश्रयताले नेपाली व्यवसायीहरुको व्यवसायमा छुट्ट्याइएको सामाजिक उत्तरदायित्वको कोष उपयुक्त स्थानमा परिचालन गर्न प्रधानमन्त्रीको सहयोग मागेकी छन् । नेपाल सुपर लिगको अध्यक्ष रहेकी उनले उक्त कोषको रकम खेल क्षेत्रमा प्रयोग गर्न सकिएमा त्यसले नेपाली खेल क्षेत्रमा पुर्याउन सक्ने सकारात्मक प्रभावहरुको विषयमा ध्यानाकर्षण गराएकी छन् ।

आजको विनियमदर अनुसार ३० लाख डलरको नेपाली रुपैयाँ ३९ करोड ६३ लाख ३६ हजार हुन आउँछ । यो रकम बुहारीले भनेको खेलकुद क्षेत्रमा लगाइदिने हो भने कसको के बिग्रन्थ्यो !

उक्त लिगका प्रबन्ध निर्देशक श्रीयान्स कार्की हुन् । कार्की आश्रयताका भाइ तथा निर्वाणका सालो हुन् । आफ्नै दिदीको ससुरा मुलुकको डलर अर्बपति रहेको, नबिल बैंकदेखि झण्डै डेढ दर्जन कम्पनीमा चौधरी परिवारको लगानी रहेको,विदेशका समेत धेरै वटा होटल र बैंकमा लगानी रहेको सिजी ग्रुपका बुहारी र उनका भाइले खेलकुद क्षेत्रको विकासको निम्ति साहुजीहरुको कम्पनीले खर्च गर्नैपर्ने रकम समाजमा खर्च नगरेको तीतो यथार्थ आज बालुवाटारमा पोखेका हुन् ।

कम्पनी ऐनबमोजिम हरेक व्यवसायले आफ्नो मुनाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाउनुपर्छ । त्यसरी छुट्टाइएको रकम समाज उत्थानमा खर्च गर्नुपर्ने मान्यता हो । तर, पछिल्ला दिन बैंक तथा वित्तीय संस्था र ठूला उद्योगपतिहरुले आफ्नो व्यवसायको त्यस्तो रकम स्वार्थअनुसारका क्षेत्रमा खर्च गर्ने वा गर्दै नगरेको पाइएको छ । भारतमा यस्तो रकम २ प्रतिशत तोकिएको छ ।

उदाहरणका लागि नबिल बैंकको उक्त कोषको रकम दुई वर्षअघि चौधरी ग्रुपको नाममा कर्णाली प्रदेशको एउटा अस्पतालमा खर्च गरिएको थियो । राजनीतिक र व्यापारिक स्वार्थ गाँसिएको क्षेत्रमा रकम खर्च गर्न थालेपछि केन्द्रीय बैंकले त्यसमा नियन्त्रण गर्न निर्देशन नै जारी गर्यो । कोरोना महामारीको समयमा अधिकांश कम्पनीका त्यस्तो रकम राष्ट्र बैंकको निर्देशनपछि नेपाल सरकारको कोरोना कोषमा जम्मा गर्न लगाइएको थियो । 

चौधरी ग्रुप आफैँले पनि वर्षको अरबौं नाफा गर्छ । स्वयम ससुरा विनोद विश्वका डलर अर्बपतिको सूचीमध्ये १६ सय ४७ नम्बरमा छन् । उनको कूल सम्पत्ति गत वैशाख मध्यसम्म १ अर्ब ८० करोड अमेरिकी डलर थियो । अघिल्लो वर्ष २०२२ को तुलनामा उनको खुद सम्पत्ति अर्थात् नाफा ३० करोड अमेरिकी डलरले थपिएको हो । 

उक्त खुद नाफाको १ प्रतिशत भनेको ३० लाख डलर हुन आउँछ । आजको विनियमदर अनुसार ३० लाख डलरको नेपाली रुपैयाँ ३९ करोड ६३ लाख ३६ हजार हुन आउँछ । यो रकम बुहारीले भनेको खेलकुद क्षेत्रमा लगाइदिने हो भने कसको के बिग्रन्थ्यो ! तर, बाउछोराले मुठ्ठी कसेपछि बुहारी आज बालुवाटार गइन्, प्रधानमन्त्रीसँग कुरा राखिन् र बाहिर निस्केर प्रेस विज्ञप्ति जारी गरिन् ।

टिप्पणीहरू