‘बार’ हो कि ‘वार’ हो ?

‘बार’ हो कि ‘वार’ हो ?

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चाहियो भनेर अहिले बार एशोसिएसन आन्दोलनमा उत्रेको छ । वास्तवमा बारको ताल पनि अनौठो छ । प्रधानन्यायाधीश हुँदाचाहिँ आन्दोलन गरेर ढोकाबाटै छिर्न नदिने । अनि प्रधानन्यायाधीश नहुँदाचाहिँ प्रधानन्यायाधीश चाहियो भनेर फेरि आन्दोेलन गर्ने । किन चाहियो प्रधानन्यायाधीश ? फेरि ढोकाबाट छिर्न नदिन ?

यो ‘बार’ भन्ने संस्थाको वास्तविक नाम पनि ‘बार’ होइन, ‘वार’ हो कि जस्तो लागिरहेको छ । जहिले पनि ‘वार’ गरिरहने बाऽ । कहिले अदालतसँग वार । कहिले सरकारसँग वार । कहिले प्रधानन्यायाधीशसँग वार ! कहिलेकाहीँ त आफैँभित्र पनि वार ! कति मात्रै वार खेल्न सक्या होला ।

प्रधानन्यायाधीशसँग वार खेल्यो खेल्यो, अब प्रधानन्यायाधीश गइसकेपछि फेरि अर्को प्रधानन्यायाधीश चाहियो भनेर वार खेल्न खोजिरहेको छ ! अब नयाँ प्रधानन्यायाधीश आएपछि ऊसँग पनि फेरि वारै त खेल्ने होला नि ! अरु के खेल्ने ? यस्तो वारै वार मात्र खेल्ने संस्थालाई कसरी ‘बार एशोसिएसन’ भन्ने ? यसलाई त ‘वार एशोसिएसन’ पो भन्नुपर्छ । कि कसो ?
 

टिप्पणीहरू