मीटरब्याजीलाई जोगाउन खोज्नेहरु पनि कारवाहीमा
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मीटरब्याजीलाई कुनैपनि हालतमा कारवाही गरेरै छाड्ने प्रतिवद्धता दोहोर्याउनु भएको छ ।
आज बिहान जनकपुरधाममा मीटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जतिसुकै प्रभावशाली व्यक्ति भएपनि पीडकको पक्षमा भूमिका निर्वाह गर्नेलाई समेत नछोड्ने बताउनुभयो ।
सरकारले पीडकलाई कुन राजनीकि दलको हो भनेर नचिन्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेता तथा पहुँचवाला व्यक्तिले जोगाउन भूमिका खेल्यो भने उनीहरुलाई पनि कारबाही गरेर पीडितलाई न्याय दिने प्रतिवद्धता जनाउनुभयो ।
‘कुनै पार्टीको नेता, पहुँचवाला व्यक्ति वा कसैले पनि मीटरब्याजी पीडकहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने छ’, उहाँले भन्नुभयो ।
टिप्पणीहरू