पर्यटनमन्त्रीको कार्यकक्षमा पशुपति विश्वविद्यालयको चर्चा
मुलुकका अधिकांश विश्वविद्यालय लथालिङ अवस्थामा पुगेको बेलामा अर्को विश्वविद्यालय स्थापनाको चर्चा गरिएको छ । मुलुककै जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयदेखि क्षेत्रीय एवम् बौद्ध तथा खुल्ला विश्वविद्यालयको शैक्षिक गुणस्तर र समग्र अवस्था नाजुक भएका समाचार बाहिरिएका छन् ।
हिजो संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा नयाँ विश्वविद्यालय स्थापनाबारे छलफल भएको बताइएको छ । पर्यटनमन्त्री सुदन किरातीको उपस्थितिमा पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको निम्ति त्यसको सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयारको निम्ति गठित समितिले आवश्यक जानकारी गराएको हो ।
टिप्पणीहरू