बारीमा करेन्ट लागेर चुरेलीको मृत्यु

बारीमा करेन्ट लागेर चुरेलीको मृत्यु

करेन्ट लागेर बागलुङको बडिगाडमा एक महिलाको ज्यान गएको छ । बडिगाड गाउँपालिका-७ थान्काकी ५९ वर्षीया चुरेली नेपालीको हिजो दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । 

प्रहरीका अनुसार आफ्नै बारीमा काम गर्ने क्रममा बिजुलीको पोल अड्याउन राखिएको तारबाट करेन्ट लाग्दा उक्त घटना भएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू