सुदूरपश्चिमका डाँडापाखा घुमेर युरोपेली राजदूतहरुको धनगढी मुकाम
काठमाडौंस्थित युरोपेली युनियनलगायत अन्य मुलुकका राजदूतहरुले सुदूरपश्चिम प्रदेशका केही जिल्लाको भ्रमण सकेका छन् ।
टोलीमा नेपालका लागि इयुकी राजदूत नोना डिप्रेज,जर्मनीका राजदूत डा.थोमस प्रिन्ज, फ्रान्सका राजदूत गिल्स बाउरवाओ र फिनल्यान्डकी राजदूत रिना रिक्का हेइक्का छन् । कैलाली,डडेलधुरा, डोटीलगायत जिल्लामा सञ्चालित विभिन्न परियोजनाको स्थलगत अनुगमन भ्रमण गरेर टोली हिजो धनगढी आइपुगेको छ ।
उनीहरुले प्रदेशको समग्र विकासको निम्ति सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका सीमान्तकृत समुदायले भोगिरहेका बाधा र अवरोध फुकाउनु जरुरी रहेको बताएका छन् ।
राजदूतहरुले अस्ति रुबस होटलमा धनगढीका उपमेयरसँग कुराकानी गरेपछि कूटनीतिक नम्बर प्लेट भएको गाडीमा डोटीको बुडर गई जोरायल गाउँपालिका-२ स्थित होटल बरपिपल गेष्ट हाउसमा बास बसेका थिए ।
टिप्पणीहरू