२० रुपैयाँको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

२० रुपैयाँको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

नेपाल राष्ट्र बैंकले २० रुपैयाँको नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिने भएको छ ।  राष्ट्र बैंकले ३१ करोड थान नेपाली नोट छाप्ने जिम्मा चीनको एम–एस चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कम्पनीलाई दिएको हो ।

चिनियाँ कम्पनीले ती नोट छाप्न ४६ लाख ९८ हजार ६८५ अमेरिकी डलरमा बोलपत्र हालेको थियो । उक्त बोलपत्र सबैभन्दा न्यूनतम भएकाले चिनियाँ कम्पनीलाई नोट छाप्ने ठेक्का दिने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ ।

टिप्पणीहरू