मिराज समूह प्रहरी परिसर बाहिर

मिराज समूह प्रहरी परिसर बाहिर

जेन जी अभियन्ता मिराज ढुंगाना समूहका युवाहरु भद्रकालीमा भेला भएका छन् । उनीहरु भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको बाहिरपट्टी रहेको ‘वान वे क्याफे’मा जम्मा भएका हुन् । 

उनीहरू किन भेला भएका हुन् भन्नेबारे खुलेको छैन । प्रदर्शनको उद्धेश्यसहित जुटेको हुनसक्ने कतिपयको अनुमान छ । 

प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गराउन माग गर्दै आएको उक्त समूहलाई सुरक्षा निकायले निगरानीमा राखेको बताइन्छ । यसअघि सिंहदरबार छिर्न खोज्दा प्रहरीबाट लखेटिएका मिराज समूहका युवाहरु बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटबाट समेत धपाइएका थिए ।

टिप्पणीहरू