विदेशी मुद्रा विदेश लैजाने गिरोह सक्रिय, गए राति ६ हजार युरो फेला

विदेशी मुद्रा विदेश लैजाने गिरोह सक्रिय, गए राति ६ हजार युरो फेला

पछिल्लो केही समयदेखि मुुलुकबाट विदेशी मुद्रा बाहिर लैजाने गिरोह सक्रिय भएको छ । सोही क्रममा हिजो दुई जनाको साथबाट ६ हजार युरो फेला परेको छ ।

तोकिएको पासपोर्ट सुविधा वापतको रकम र अन्य कागजातसहितका विदेशी मुद्रा बाहेक बाहिर लैजान नपाइने मुलुकको विद्यमान कानुनको उल्लंघन गरेको अभियोगमा हिजो दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यरातमा मलेसियन एअरलाइन्सबाट क्वालालम्पुर जान लागेका बाग्लुङ र रामेछापका दुई जनाको साथबाट तीन तीन हजार युरो फेला परेको बताइएको छ ।

बाग्लुङका १०६८२८२३ नम्बरको पासपोर्ट बोकेका २९ वर्षीय लालबहादुर थापा र रामेछापका ०७४४३१६६ नम्बरको पासपोर्ट बोकेका २९ वर्षे विशाल खत्रीलाई ब्यागेज चेकिङ गर्ने क्रममा उक्त यूरोसहित पक्राउ गरिएको हो । उनीहरुलाई थप अनुसन्धानको निम्ति महानगरीय प्रहरी वृत्त, गौशालामा राति नै पठाइएको हो ।

यसअघि गत साता विमानस्थलमा नयाँ दिल्ली उड्न लागेका दुई जनाको साथबाट १७ हजार बेलायती पौण्ड समातिएको थियो ।
 

टिप्पणीहरू