प्रभु बैंक र स्मार्टच्वाईसबीच फास्ट बैंकिङ्ग समझदारी

प्रभु बैंक र स्मार्टच्वाईसबीच फास्ट बैंकिङ्ग समझदारी

स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र प्रभु बैंकबीच फास्ट बैंकिङ्ग सेवा सञ्चालनका लागि समझदारी भएको छ । 

स्माटच्वाईसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र प्रभु बैंकका प्रमुख सञ्चालक अधिकृत रश्मी पन्तले समझदारीपत्रमा हस्ताक्षर गरेपछि सेवा सञ्चालनमा ल्याइएको छ । अब प्रभु बैंकका ग्राहकले फास्ट बैंकिङ्गको आधुनिक, सुरक्षित, गुणस्तरीय र भरपर्दो सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । 

त्यस्तै, खुल्ला एपीआईमार्फत बैंकका थप सेवाहरुलाई मोबाइल बैंकिङ्गमै जोड्न सकिन्छ भने फास्ट बैंकिङगले बैंकको शाखाहरुमा हुने ग्राहकको उपस्थिति तथा म्यानुअल कार्यको बोझलाई कटौती गरेर ग्राहक तथा बैंक दुवैको समय र खर्च घटाउन सकिने जानकारी दिइएको छ । 

फास्ट बैंकिङ्ग सेवा नेपाली बैंकिङ्ग जगतमा खड्किएका समस्या समाधान गर्ने उद्देश्यका साथ विगत पाँच वर्षदेखिको अध्ययन तथा अनुसन्धानपछि निर्माण गरिएको ओम्नी च्यानल सोलुसन हो । 

त्यस्तै, विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइ बनेको प्रभु बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको बैंकले जनाएको छ ।

टिप्पणीहरू