शंकर पोखरेलको संकट

शंकर पोखरेलको संकट

रवि लामिछानेको नागरिकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाले नेकपा एमालेलाई भयंकरै क्रुद्ध बनाएको रहेछ । अदालतको फैसलाविरुद्ध एमालेका महासचिव कमरेड शंकर पोखरेल नै मैदानमा उत्रिनुभएको छ ।

उहाँले प्रश्नै उठाउनुभएको छ, अमेरिकाबाट फर्केर नागरिकता नलिने नेपालीहरू त कति छन् कति, उनीहरू कसैको नागरिकता बदर हुनु नपर्ने, रवि लामिछानेको मात्रै किन हुनुपर्ने ? कमरेड शंकर पोखरेलले भोलि शायद यस्तो पनि भन्न बेर छैन, आफ्नै महिला साथीलाई बलात्कार गर्ने मान्छेहरू त नेपालमा कति छन् कति, खालि पल शाह र सन्दिप लामिछानेलाई मात्र किन कारवाही ?

नेपालमा नागरिकता नपाएर छट्पटिरहेका अनागरिकहरू लाखौं छन् । तराई मधेस गएर हेर्नुभयो भने थाहा होला । अनागरिकलाई नागरिकता दिऊँ भनेर अध्यादेश ल्याउँदा शंकर पोखरेलकै पार्टीले रोकिदियो । लाखौं नेपाली अनागरिक भएकोमा पोखरेललाई वास्तै छैन । अनि रवि लामिछाने दुई दिनको लागि अनागरिक हुँदाचाहिँ यत्रो बबाल ? भयंकरकै राष्ट्रवाद रहेछ । वाह !
 

टिप्पणीहरू