लौरोको बहुउपयोगिता

लौरोको बहुउपयोगिता

वास्तवमा लौरो भनेको बहुउपयोगी साधन नै रहेछ । अहिले पो थाहा भयो । हामीले त लौरो भनेपछि बूढाबूढीले टेक्ने साधन मात्रै हो भन्ठान्या थियौँ तर कहाँ हो र ? त्यो त गजबकै साधन रहेछ । लौरो लिएर चुनावमा उठ्यो भने जित्ने पनि रहेछ । काठमाडौंमै जित्यो । उता धरानमा पनि जित्यो । लौरो देखाएपछि सजिलै चुनाव जित्ने रहेछ । पहिले पहिले तराईतिर बन्दूक देखाएर चुनाव जित्ने चलन थियो । अहिले त्यो चलन परिवर्तित भई बन्दूकको ठाउँमा लौरो देखाएर चुनाव जित्ने नयाँ चलन आएको छ । 

मैले ठानेको थिएँ, लौरो भनेको असहायका लागि टेक्ने साधन हो । एउटा लौरो भएपछि जहाँ पनि जान आँट आइहाल्छ । तर लौरोले टेक्ने मात्र होइन, डोजर चलाउँन जाँदा कसैले रोक्यो भने रोक्नेहरूलाई ठोक्न पनि काम लाग्दो रहेछ । कसैको घर भत्काउन जाँदा भत्काउने दिन्न भनेर यदि कोही कराउँछ भने त्यल्लाई पनि टाउकोमा हान्न काम लाग्छ । जय लौरो ।

टिप्पणीहरू