रातदिन व्यस्तको व्यस्तै

रातदिन व्यस्तको व्यस्तै

एउटा अपराधी पक्रन सकेन भनेर सरकारको धेरै आलोचना भइरहेको छ । तर के गर्ने । सरकारले काम गरिरहेको मान्छेले देख्दै देख्दैन । वास्तवमा सरकारले अपराधी पक्रन रात दिन नभनी काम गरिरहेको छ । मान्छेले नदेखेपछि के गर्नु ?

हेर्नोस्, त्यो एउटा अपराधी पक्रन सरकारले सबैभन्दा पहिले निर्देशन दियो । तर निर्देशनले काम गरेन । त्यसपछि आदेश दियो । आदेशले पनि नपुगेपछि वक्तव्य दियो । अब त्यसले पनि पुगेन भने गृहमन्त्रीज्यूले आप्mनो पूरानो टेलिभिजन कार्यक्रम पुनः सञ्चालन गर्नुहुनेछ । शायद त्यसमा उहाँले यसो भन्नुुहुनेछ:

चार चार वटा उपप्रधानमन्त्रीमध्ये दोस्रो नम्बरमा परेको उपप्रधानमन्त्री र गृहमन्त्रीले समेत पटक पटक ताकेता गर्दा पनि नमान्ने प्रहरीका हाकिमहरू अहिलेसम्म कानमा तेल हालेर बसिरहेको देख्दा यो देशमा ऐन कानून, चेन अफ कमाण्ड भन्ने वस्तु पनि छ कि छैन भनेर लाल्टिन बाली दिउँसै खोज्नुपर्ने अवस्था आउन लागेको त होइन भन्ने प्रश्न टड्कारो रूपमा उठ्न थालेको पाइन्छ दर्शकवृन्द !

वास्तवमा यति गर्दा गर्दै नै सरकारले काम गर्न भ्याइरहेको छैन । आदेश दिन, निर्देशन दिन मान्छेलाई बोलाउनै पर्‍यो । वक्तव्य दिन लेख्नै पर्‍यो । यति धेरै काम गरेपछि व्यस्त त भइहाल्छ नि । तैपनि मान्छेहरू भन्छन्, कामै भएन । त्यस्तालाई कसरी काम देखाउने होला ?

टिप्पणीहरू