नेपाली बहुदलीय व्यवस्था

नेपाली बहुदलीय व्यवस्था

यो देशमा कांग्रेसले विश्वास गर्न लायक नभएका मानिस कोही छन् भने ती प्रधानमन्त्री पुष्पकमल दाहाल नै होलान् । कांग्रेसलाई पुष्पकमल दाहालले जति धोका दिनुभयोे, त्यति त कसैले दिएको छैन होला । तर अनौठो के भइदियो भने तिनै पुष्पकमल दाहाललाई पनि कांग्रेसले विश्वासको मत प्रदान गरिदियो । जसलाई विश्वास गर्ने कुनै आधार छैन, उसैलाई कांग्रेसको विश्वास । कस्तो विश्वास होला यो ?

दाहाललाई विश्वासको मत दिएपछि अब सदनमा प्रतिपक्षी भन्ने कोही पनि रहेन । सरकारी समीकरण हेर्दा अबको प्रतिपक्षी त कांग्रेस हुनुपर्ने हो । अब कांग्रेसले नै सरकारलाई विश्वासको मत दिइसकेपछि प्रतिपक्षी हुने कुरै भएन । तसर्थ अब सदनमा प्रतिपक्षी कोही पनि रहेन । 

उता सरकार आफैभित्र भने प्रतिपक्षी पनि रहेको छ । रास्वपाले आफूलाई सरकारभित्रको प्रतिपक्षी भनेको थियो । अब व्यवस्थाको विडम्बना हेर्नोस्, जुन संसदमा प्रतिपक्षी हुनु पर्दथ्यो त्यहाँ छैन । जुन सरकारमा प्रतिपक्षी भनेकै हुँदैन, त्यहाँचाहिँ छ । दुनियाँमा कहीं नभएको बहुदलीय व्यवस्था नेपालमा छ । 

शायद नेपाली मौलिकतासहितको बहुदलीय जनवाद भनेको यही त होला नि, होइन त केपी कमरेड ?
 

टिप्पणीहरू