अबदेखि आइएमई पे एप नेपाली भाषामा

अबदेखि आइएमई पे एप नेपाली भाषामा

आइएमई पेले आफ्नो एपलाई नेपाली भाषामैत्री बनाउने निर्णय गरेको छ । बैंकिङ् पहुँच नपुगेका ठाउँमा पनि सर्वसाधारण नेपालीलाई आर्थिक तथा वित्तीय सेवा उपलब्ध गराउने लक्ष्यसहित विद्युतीय भुक्तानी सेवा आरम्भ गरेको आइएमई पेले कसैलाई पनि भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ नयाँ र विशेष सेवाथप गरेको बताएको छ ।

योसँगै भाषाको छनोट गर्न मिल्ने एक अर्को सुविधा पनि आइएमई पे एपमा थपिने भएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२३ का अवसरमा आमसेवाग्राहीहरूका लागि सार्वजनिकगरिएको उक्त फिचरको निम्ति प्रयोगकर्ताहरुले सर्वप्रथम प्लेस्टोर वा एपस्टोरमा गएर आइएमई पे एप छ भने एप अपडेटर छैन भने डाउनलोड गर्नुपर्ने हुन्छ । 

पुरानो प्रयोगकर्ताले एप अपडेट भएपछि एपभित्र आफ्नो प्रोफाइलमा गएर दाँयातर्फ रहेको इन संकेतबाट नेपाली भाषा रोज्न सक्छन् । नयाँ प्रयोगकर्ताले एप डाउनलोड गरेलगत्तै सो फिचर प्राप्त गर्न सक्ने बताइएको छ ।  

त्यसपछि प्रयोगकर्ताहरुले आफुलाई सहज लाग्ने भाषा प्रयोग गरेर आइएमई पे मार्फत् कुनै पनि डिजिटल भुक्तानी गर्न सक्छन् । विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्न, मोबाईल नम्बर प्रयोग गरी पैसा पठाउन, कुनैपनि सेवा वा सुविधाको भुक्तानी गर्न र प्रयोगकर्ताहरुले एपमा रहेको रकममा ७.१३ प्रतिशत ब्याजमा पाउन सकिने जस्ता नवीनतम सेवा सुविधाहरू आइएमई पे एपमा उपलब्ध छन् । 

२० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरु मार्फत् आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।

टिप्पणीहरू