पुष्पा त फायर हो

पुष्पा त फायर हो

केही समयअघि खुब चर्चामा आएको एउटा भारतीय फिल्म हेर्नुभयो होला नि । नाम हो ‘पुष्पा’ । (कृपया यो पुष्पा नामलाई पुष्पकमलसँग नजोडिदिनु होला । यी दुवै अलग अलग पात्र हुन् । एकलाई अर्कोसँग मिसमास नगरिदिन हार्दिक अनुरोध छ ।)

‘पुष्पा’ फिल्ममा पुष्पा भन्ने एक पात्र हुन्छन् जो तस्करीको चन्दन ओसार पसारको काम गर्छन् । दलालै भनौँ न । उनी पहिले एउटा तस्करको घरमा पुग्छन् आफ्नो ज्याला बढाइदेऊ भन्ने माग राख्न । तर उनको माग तस्करले स्वीकार गर्दैनन् । उल्टो धम्की दिन्छन् । तब पुष्पा भन्छन्, खुरुक्क मेरो ज्याला बढाउने भए बढाइदेऊ, होइन भने म अर्को तस्करलाई माल बेचिदिन्छु । 

यति धम्की दिँदा पनि तस्करले टेर्दैनन् । अन्तिममा पुष्पा साँच्चै अर्को तस्करको घरमा पुग्छन् । र, तस्करीको चन्दन बेचिदिन्छन् । पहिलो तस्कर हेर्या हेर्यै हुन्छ । पुष्पा त्यसरी चलिरहेको डिल छोडेर जाला भनी उसले सोचेकै हुँदैन । तर नसोचेकै भइदिन्छ । 

जाँदाजाँदै पुष्पाले एउटा डायलग मार्छ— ‘पुष्पा भन्ने नाम सुनेर ‘फ्लावर’ ठान्या होला, म त ‘फायर’ हुँ ।’ 

ढिच्याउँ !

(फिल्मको जम्मै कथा काल्पनिक हुन् । कसैसँग मेल खान गएमा संयोग मात्रै ठानिदिनुहोला । धन्यवाद ।)

 

टिप्पणीहरू