जे पनि नहुन सक्छ

जे पनि नहुन सक्छ

भनिन्छ, राजनीतिमा जे पनि हुन सक्छ । राजनीति भनेकै यही हो । जे पनि हुन सक्ने खेलको नामै राजनीति हो ।

तर राजनीतिको यो परिभाषा अरुका लागि त ठीक होला, शेरबहादुर देउवाका लागि भने ठीक होइन । उहाँको लागि राजनीतिको अलग्गै परिभाषा छ । राजनीतिमा जे पनि हुन सक्छ भन्ने परिभाषा देउवाको हकमा फिट हुँदैन । उहाँलाई फिट हुने परिभाषा त यस्तो हुनुपर्छ– राजनीतिमा जे पनि नहुन सक्छ ।

अरुका लागि त राजनीतिमा जे पनि हुन सक्छ । तर देउवाका लागि राजनीतिमा जे पनि नहुन सक्छ । अरु त अरु, हुन हुन लागेकै कुरा पनि नहुन सक्छ । वास्तवमा राजनीति भनेको जे पनि हुन सक्छ होइन, जे पनि नहुन सक्छ हो । अझ देउवाका लागि त जे पनि नहुन सक्नु नै राजनीति हो । 

राजनीतिमा केही खेलाडी यस्ता हुन्छन्, जो हुनै नसक्ने कुरालाई पनि हुन सक्ने बनाइदिन्छन् । उनीहरूका लागि चाहिँ राजनीति जे पनि हुन सक्छ । तर शेरबहादुर देउवा यस्ता खेलाडी हुनुहुन्छ जो हुनै लागेको कुरालाई पनि नहुने बनाउन माहिर हुनुहुन्छ । त्यसैले देउवाका लागि राजनीति जे पनि नहुन सक्ने खेल हो । यस्तो खेल त शायद एम्बाप्पेले मात्रै खेल्न सक्छन् होला । होइन र गणेश थापा र कमल थापाज्यू ?
 

टिप्पणीहरू