लगनसँगै सुनको भाउ पनि बढ्याे

लगनसँगै सुनको भाउ पनि बढ्याे

मंसिर महिनामा विवाहको लगनसँगै सुनको भाउ बढेको छ । आज सुनको मूल्य तोलाको २ सय रूपैयाँले बढेको छ । त्यसैगरी चाँदीको मूल्य ५ रूपैयाँ बढेको बताइएको छ । हिजो तोलाको ९७ हजार ४ सय रूपैयाँ रहेको छापावाल सुनको मूल्य आज ९७ हजार ६ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय रूपैयाँले बढेर ९७ हजार १ सय रूपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य हिजोको तुलनामा ५ रूपैयाँ बढेर १ हजार २९० रूपैयाँ पुगेको छ ।

टिप्पणीहरू