बाइबल भनेर कसरी पढ्न थालियो ?
धेरैजसोलाई क्रिश्चियनहरूको पवित्र ग्रन्थको नाम कसरी बाइबल हुन पुग्यो भन्ने कौतुहलता हुन सक्छ । किनभने स्वयम् बाइबलमा उक्त पुस्तकलाई ‘बाइबल’ भनेर कहिँ कतै सम्बोधन गरेको पाइन्न ।
पुस्तक संग्रहको रुपमा रहेको बाइबललाई नयाँ पुस्ताका लेखकलेसमेत येशूको बारेमा लेखिएका कुरालाई मात्र धर्मशास्त्रको अंश मान्नुपर्दछ भनेर बुझ्दै आएका थिए ।
नयाँ नियमसहित ती लेखहरूको संग्रहलाई चौथो शताब्दीमा जोन क्रिसोस्टोमको लेखनमा पहिलो पटक बाइबल भनियो । पहिले पुरानो र नयाँ नियमलाई टा बिब्लिया (पुस्तकहरू)…