बिजोग छ हजुर यसरी बस्नेको
देश र जनताका लागि खटाइने सुरक्षाकर्मीको बास धर्मशालामा छ भन्दा पत्याउन गाह्रो पर्ला । एउटा मालदार र सुविधासम्पन्न अड्डामा बसेका सुरक्षाकर्मी वर्षौंदेखि धर्मशालामा रात बिताउन विवश छन् ।
प्रसंग हो, सुदूरपूर्वी नाका काँकडभिट्टाको । मेची भन्सारलाई सहयोग गर्ने एक मात्र सुरक्षा निकायका रूपमा रहेको सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्ममा डिएसपीको कमाण्डमा ७५ जना सशस्त्र प्रहरीको दरबन्दी छ । तर, लामो समयदेखि उनीहरू मेचीनगर–१० स्थित मेची भन्सारको पछाडि र पश्चिमपट्टि अ…