दुई छिमेकीको प्रचारयुद्धमा जब च्यापिन्छ देश
नेपाल र नेपालीका निम्ति ज्यानै फाल्न तयार भनिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकी राष्ट्रहरूलाई समदूरीमा राख्दै राष्ट्रिय हितलाई अघि बढाउन सक्ने सुनौलो अवसर गुमाएका छन् । कुलमान घिसिङले राजदूतसँग परामर्शपश्चात् पठाएका ६ वटा प्रस्ताव थन्क्याएर विद्युत् व्यापारमा महत्वपूर्ण सम्झौता गर्ने भन्दै विभिन्न मञ्चमा बोलेका कुरा पूरा गर्न चीनको साताव्यापी भ्रमणमा दृढ इच्छाशक्तिको अभाव देखाएपछि यस्तो अवसर गुमेको हो ।
अमूर्त भाषामा भारतीय नीतिको बर्खिलाप चीनसँग विकास निर्म…