राजीनामा दिएका सैनिकलाई सुविधा

राजीनामा दिएका सैनिकलाई सुविधा

नेपाली सेनाले निवृत्तिभरण तथा उपदानमा राजीनामा स्वीकृत भएका पदिक, बिल्लादार तथा अन्यदर्जाका सैनिकहरूलाई प्रदान गरिने सेवासुविधालाई सहज र छिटोछरितो बनाउनका लागि विभिन्न निर्णय गरेको छ ।

कार्यरथी विभागले निवृत्तिभरण तथा उपदानमा राजीनामा स्वीकृत भएकाहरूलाई प्रदान गरिने सेवा–सुविधालाई सहज तथा छिटो सम्पादन गर्नका लागि परिशिष्ट ‘क’ अनुसार चरणबद्ध रुपमा कार्य सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । 

विभागले त्यस्ता सैनिकहरूलाई अभिलेखालयमा सम्पर्क गर्न भनेको छ । अन्यथा आफूलाई पायक पर्ने सैनिक अभिलेखालयको शाखा कार्यालय इटहरी, पोखरा र नेपालगञ्जमा सम्पर्क राख्न सूचित गराइएको छ ।

त्यस्तै, सकलदर्जाका सैनिकलाई आर्थिक वर्ष २०७९–८० को सम्पत्ति विवरण भरेर एक प्रति सम्बन्धित युनिट र एक प्रति निवृत्तिभरणमा खाली हुँदा ल्याउनुपर्ने कागजातसहित अभिलेखालयमा पेश गर्न निर्देशन दिइएको छ ।

टिप्पणीहरू