साफ यु-१७ च्याम्पियन्सिपको लागि ४५ खेलाडी बन्द प्रशिक्षणमा
श्रीलंकामा हुने साफ यु-१७ च्याम्पियनसिपको लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । प्रतियोगिताको लागि ४५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको अखिल नेपाल फूटबल संघ(एन्फा)ले जनाएको छ ।
छनोट भएका खेलाडीअह्रुलाई मोरङ विराटचोकस्थित नेपालिरिका होटेलमा भाद्र १ गते उपस्थित हुन एन्फाले आग्रह गरेको छ ।श्रीलंकाको कोलम्बोमा १५ सेप्टेम्बरदेखि २७ सेप्टेम्बरसम्म हुने प्रतियोगितामा नेपाल समूह 'ए'मा रहेको छ । नेपालको समूहमा आयोजक श्रीलंका र बंगलादेश रहेका छन् । यस्तै स…