खेलकुद

फिफा वरीयतामा नेपालको छलाङ

नेपाली राष्ट्रिय महिला फूटबल टोलीले फिफा वरीयतामा छलाङ मारेको छ । विश्व फूटबलको सर्वोच्च निकाय(फिफा)ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लिएको हो । यसअघि १ सय औँ स्थानमा रहेको नेपाल १३ स्थान माथि उक्लिँदै ८७ औँ स्थानमा पुगेको हो । फिफा वरीयतामा यो नेपालको हालसम्मकै उच्च वरीयता हो । यसअघि सन् २०१७ डिसेम्बरमा नेपाल ९१औँ स्थानमा रहेको थियो । हालै सम्पन्न एएफसी महिला एसियन कप छनोटअन्तर्गत भएको खेलमा श्रीलंका र लाओसलाई पराजित गर्नुका साथै घरेलु टोल…

Page 12 of 44