एकपछि अर्का मन्त्रीले भोगेका दुःख
लोकतन्त्र भनेको विधिको शासनको अर्को नाम हो । यो शासन प्रणालीको प्राण भनेकै निष्पक्षता र पारदर्शिता हुन् । तर, यससँगै संयमता र धैर्यताको प्रश्न पनि उत्तिकै गम्भीरतासाथ उठ्ने गरेको छ । किनभने, शक्ति पृथकीकरणको मान्यताबमोजिम स्थापित शासन प्रणालीमा हरेक विषयको उठान तोकिएका निकायबाट हुनुपर्छ । तर, जसलाई जे मन लाग्यो, जतिबेला मन लाग्यो त्यतिबेला प्रकट गर्नाले मुलुक चरम अराजकतामा रुमल्लिएको छ ।
सञ्चारमन्त्री गोकुल बाँस्कोटाको १५ महिना पुरानो गोप्य अडियो सार्वनिक गरेर उनलाई मन्त्री पदबा…