कसरी बढे गोरखामा कम्युनिष्ट ?
गोरखामा कम्युनिष्ट पार्टी संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठ स्वयं आएर गठन गरेका हुन् । तिनताका तनहुँको बन्दीपुरमा कम्युनिष्ट पार्टी व्यवस्थित थियो । पार्टी कामको सिलसिलामा पुष्पलाल श्रेष्ठ बन्दीपुर आउजाउ गरिरहन्थे । गोरखा विरेन्चोकका कमरेड बलबहादुर राना र तनहुँ बन्दीपुरका कृष्णलाल प्रधानलाई लिएर पुष्पलाल श्रेष्ठले कट्टेल डाँडामा आई २००८ सालमा कमरेड बैकुण्ठ कट्टेलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गोरखा स्थापना गरेका थिए । पार्टी प्रतिबन्धित रहेकाले गाउँ–गाउँमा संगठन गर्न…