राष्ट्रपति पौडेलद्वारा तीनवटा विधेयक प्रमाणिकरण

राष्ट्रपति पौडेलद्वारा तीनवटा विधेयक प्रमाणिकरण

राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । उहाँले विनियोजन विधेयक, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणिकरण गर्नुभएको हो । 

संघीय संसदबाट पारित भएर शीतल निवास पुगेका तीन वटै विधेयक राष्ट्रपति पौडेलले प्रमाणिकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणिकरणका लागि पेश हुन आएका देहायका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणिकरण गर्नुभएको छ’, कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू