परराष्ट्रमन्त्री हज्जार हैन लाखौंमा दङ्गदास ?
परराष्ट्रमन्त्री एनपी साउदले नेपालले एक लाख मेगावाटसम्म विद्युत् उत्पादनको निम्ति अध्ययन थाल्नुपर्ने बताउनुभएको छ ।
भारतको ७५औं गणतन्त्र दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले १० हजार मेगावाट बिजुली भारत निर्यातको हालैको सम्झौतापछि एक लाख मेगावाट उत्पादनको महत्वाकांक्षा राख्नुभएको हो ।
हालसम्मको अध्ययनबाट नेपालमा स्रोत र साधनले सम्पन्न भएको अवस्थामा बढीमा ८३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने अवस्था देखिएको छ । तर, सीमित पुँजी र बजारका कारण…