बिहारका मुख्यमन्त्री महागठबन्धनबाट बाहिरिए, गठबन्धनमा भित्रिए

बिहारका मुख्यमन्त्री महागठबन्धनबाट बाहिरिए, गठबन्धनमा भित्रिए

भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् । जनता दल युनाइटेड (जेडीयू) का अध्यक्ष नीतिशले भारतीय जनता दल बीजेपी नेतृत्वको एनडीए गठबन्धनमा फर्किने तयारीका लागि राजीनामा दिएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यममा जनाइएअनुसार बीजेपी र जेडीयू दुवैले आगामी  लोकसभा निर्वाचनमा बिहारको सीट बाँडफाँडको सहमति गरिसकेका छन् । नीतिशले आजसमेत गरेर मुख्यमन्त्री पदबाट राजीनामा दिएको आठौं पटक भएको छ । 

उनले यसअघिको विपक्षी महागठबन्धन ‘इण्डिया’ सँगको सम्बन्ध तोड्दै आगामी निर्वाचनमा पुनः मुख्यमन्त्री बन्ने सम्भावनालाई बलियो बनाएको ठानिएको छ ।

टिप्पणीहरू