सिपाहीले बाटो छेक्ने, दूतावासले कार्पेट ओछ्याउने
नेपाल–चीन सीमा नजिक व्यास गाउँपालिका– १ तिंकरको छियालेकमा कात्तिक १५ गते सशस्त्र प्रहरीको बिओपी उद्घाटन भयो । उक्त कार्यक्रममा सहभागी हुन भारतीय मोटरमार्ग भएर जाने क्रममा सशस्त्र सीमा बल (एसएसबी) ले व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीसहित तीन जनालाई कात्तिक १४ गते रोक लगायो । तर, सशस्त्र प्रहरीका एआइजी, सुरक्षा अधिकारी र प्रजिअ किरन जोशीसहितलाई भने भारतीय मोटरबाटो प्रयोगमा कुनै अवरोध गरिएन ।
दार्चुला सदरमुकामबाट भारतीय बजार धारचुला हुँदै व्यासतर्फ…