कोभिड १९ पछिको पाठ : सार्वजनिक स्वास्थ्य क्षेत्र सुदृढ तुल्याउ

कोभिड १९ पछिको पाठ : सार्वजनिक स्वास्थ्य क्षेत्र सुदृढ तुल्याउ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भएमात्र सर्वसाधारणले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्नसक्ने बताउनुभएको छ । उहाँले विगतको कोभिड १९ महामारीले उक्त तथ्यलाई स्पष्ट पारिसकेको धारणा राख्नुभएको छ । 

प्रधानमन्त्रीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभालाई सम्बोधन गर्दै उक्त धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो, ‘आम नागरिक स्वस्थ नभएसम्म मुलुकको विकास र समृद्धि सम्भव छैन । यसका लागि सबैको पहुँच पुग्ने गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा नै आजको आवश्यकता हो ।’

 नेपाल सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्रीले जानकारी दिनुभयो । उहाँले दुर्गममा रहेका सार्वजनिक स्वास्थ्य संस्थाहरूको गुणस्तर र क्षमता विकास गर्न प्रतिष्ठानले गम्भीर पहल लिने विश्वाससमेत लिनुभएको छ ।

प्रधानमन्त्री दाहाले पाटन अस्पतालको सुदृढ जगमा स्थापित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा यससँग सम्बन्धित वैज्ञानिक अनुसन्धानहरू गरी समस्त स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको पनि चर्चा गर्नुभएको छ । प्रतिष्ठानलाई सो क्षेत्रमा अझ बढी सशक्त भएर अघि बढ्न आग्रहसमेत गर्नुभएको छ ।

टिप्पणीहरू