राजनीति

पूर्वराजा ज्ञानेन्द्र बैंकक प्रस्थान

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्डको राजधानी बैंकक जानुभएको छ । उहाँ नेपाल एअरलाइन्सको उडान नम्बर आरए ४०१ मा दिउँसो साढे १ बजे काठमाडौंबाट त्यता प्रस्थान गर्नुभएको हो । शाहसँगै सोही उडानबाट पूर्वरानी कोमल पनि बैंकक जानुभएको छ ।  यसअघि पूर्वयुवराज्ञी हिमानी शाह, छोरी पुर्निका र छोरा हृदयेन्द्र नेपाल वायुसेवाको उडान नम्बर ४०१ मा जेठ ४ गते बिहान त्यता जानुभएको हो ।

Page 462 of 952