चुनाव निष्पक्ष हुनेमा एमालेलाई अझै आशंका
नेकपा (एमाले) ले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा आशंका व्यक्त गरेको छ ।
निर्वाचन आयोगले आज आयोजना गरेको आचारसंहितासम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सो पार्टीका सचिव डा. राजन भट्टराईले निष्पक्ष चुनाव हुन्छ भन्ने ढुक्कताको अवस्था अझै नरहेको बताएका हुन् । भयरहित ढंगले निष्पक्ष निर्वाचन गर्न आायोगले कस्तो तयारी गरिरहेको छ ? भनी उनले प्रश्नसमेत गरे ।
‘निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि निर्वाचन आयोगको मनिटरिङ सिष्टम के हो ? यो आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयनमा लिएर जानका लागि को मोनटरिङ सिष्टम प्रभावकारी नहुदा यो प्रभावकारी हुन सकेको छैन’, उनले सोधे, ‘निर्वाचन सहज बनेको छैन । र विशेष गरी पैसाको चललेख र मनि मसलको प्रयोगलाई नियन्त्रण गर्ने कुरामा निर्वाचन आयोग कति तयार छ ?’
आचारसंहिता कार्यान्वयनका लागि अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन भट्टराईले आयोगको ध्यानाकर्षण पनि गराएका छन् । आचारसंहिता प्रभावकारी कार्यान्वयन नहुँदा विगतमा चुनाव सहज हुन नसकेको स्मरण गराए ।
निर्वाचनको प्रचारसम्बन्धी आचारसंहितामा उल्लेख भएका व्यवस्था व्यवहारिक नरहेकोतर्फ पनि उनले आयोगलाई सचेत गराएका छन् ।
टिप्पणीहरू