निर्वाचन आयोगको गेटमा गगन पक्षको नाराबाजी

निर्वाचन आयोगको गेटमा गगन पक्षको नाराबाजी फाइल फाेटाे

नेपाली काँग्रेसको गगन थापा पक्षधर कार्यकर्ताले निर्वाचन आयोगमा होहल्ला गरेका छन् ।  

गगन समर्थित त्रिचन्द्र कलेज, नेविसंघका कार्यकर्ताको एक समूहले केहीबेरअघि काठमाडौं महानगरपालिका-२७ बहादुरभवनस्थित निर्वाचन आयोगको मुख्य गेटमा नाराबाजी गरेका हुन् ।

५०-६० जनाको संख्यामा उपस्थित भएका उनीहरूले अरुलाई मात्र किन भित्र जान दिएको ? भन्दै  आपत्ति जनाएका छन् ।

गेटमा नेविसंघका कार्यकर्ताले होहल्ला गरिरहँदा सो समूहकी उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदिप पौडेल, सहमहामन्त्री डीला संग्रौला, प्रकाश स्नेही, फर्मुला मन्सुर, केन्द्रीय सदस्य रमेश धमला, केदार नरसिंह केसी लगायतका नेता निर्वाचन आयोगभित्र छिरेका छन् ।

केही नेता-भने आफूहरूलाई आजै आधिकारिकता दिनुपर्ने माग गर्दै आयोग परिसरमा धर्ना बस्ने तरखरमा रहेको बताइन्छ ।

टिप्पणीहरू