मन्त्रीले हुन्न भन्दाभन्दै सचिव फेर्दा प्रधानमन्त्रीको पेलाइ
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले एकैपटक २१ जना सचिव सरुवा गरेपछि हिजो दिनभरि अनेक चर्चा चलेको छ । हिजो बसेको क्याबिनेट बैठकले विभिन्न मन्त्रालय र प्रधानमन्त्री कार्यालयका सचिव हेरफेर गरेको थियो । तर,प्रधानमन्त्रीले हस्तक्षेपपूर्ण ढंगले आफू अनुकूल सचिवहरुको जिम्मेवारी हेरफेर गर्दा सामान्य सल्लाहसमेत नगरेको एक मन्त्रीले गुनासो पोखे ।
क्याबिनेट बैठकमा प्रधानमन्त्री ओलीको तर्फबाट मुख्यसचिवले प्रस्ताव पेश गर्दा केही मन्त्रीले असहज महसुस गरे पनि चुपचाप बस्नुमै भलाई ठाने । मन्त्र…