बहादुरको परिचय के ?
सामान्यतया: बहादुर भनेको हिम्मत भएकाे व्यक्ति भन्ने बुझिन्छ । तर, मेरो बुझाईमा बहादुरलाई सात बुँदामा वर्णन गर्न सकिन्छ ।
१) संसारमा सबैभन्दा बहादुर त्यही हुन्छ, जसले आफैंलाई हत्या गर्न आएको व्यक्तिलाई पनि दीर्घकालीन साथी बनाएरै आफ्नो सु–गन्तव्यसम्मको मार्गलाई सरल बनाउने कार्यमा निरन्तर राख्नलाई अरु सरल उपायको खोजीमा लागिरहन्छ ।
२) जबरजस्ती जित्ने कुकर्म त चम्बलवासी डाँकाहरुले गरेकै थिए । त्यस्तो त नगर्ने होलानी ? चुनेरै पठाएकाहरु त सबै महान् राष्ट्रवादी हुनुपर्दैन र ?
३) विकास गर्ने व्यवस्थाले होइन, त्यो देशका जनताहरुका सु–चरित्रवान कर्मठ देशबासीको उच्च नैतिकता र साहसलाई समय अनुकूल चलाउने जन–जनको शक्तिले हो । व्यवस्था त दाएका गोरुलाई रोपाइँमा लगेर जुवामा जोतारोले अल्झाएर हलीहरुले रोपाइँ सफल पार्दै बेलुका सकुशल आ–आफ्ना घर गोठहरुमा स्वतः विश्राम गर्न पुग्छन् ।
४) नदाएका गोरुलाई हली जति तिघ्रे बलवान भएपनि जुवामा नारेर जोतारोले अल्झाउनै सक्दैनन् । रोपाइँ गर्ने कुरा नै हुँदैन । अनुशासनको नैतिक बन्धन महाशक्ति हो । मानवको जन्म र मृत्यु त्यस्तै त हो ।
५) त्यसैले गोरु, राँगोभन्दा त मान्छेबाटै जन्मेको मानव भ्रुणको मूल उत्पत्ति भएका मान्छेहरुले त नैतिकता र स्वविवेकलाई मात्र सदुपयोग गरे पुग्छ । देश र राष्ट्र त सत्कर्म मात्र गर्ने खेल मैदान मात्र हो । सिठी बजेपछि खेल शुरु अर्को सिठीमा अन्त्य ।
६) आगजनी हुनुको कारण कु–राजनीतिले पढाएका विद्यार्थीका कारणको घाउमा हुर्केका जीवाणु नै हुन् । जुन जीवाणु पशुका खुरबाट पसेर नलिखुट्टा भित्रभित्रै पसेर जाँगबाटै खुट्टा नै काट्नुपर्छ ।
७) प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार, राष्ट्रियता, वाक–स्वतन्त्रता आदि मुकुण्डोधारीहरुको जन्मदाता पनि सत्तासिन भित्रै पस्ने मौका दिने कुपात्रलाई भोट दिएर पठाउने हामी नै भएको हुँदा त्यसकै सामु हामी विवश हुनेगरी कानुनमा छिद्र मिलाएरै राखेर ल्याएका जाली छिद्रहरु हेर्ने आँखामै २४ सै घण्टा काला चस्माले ढाकेको देखेर पनि विवश भएकाहरुको अन्तिम विस्फोट भएरै होला । के–के जल्यो ? कसले जलायो ? यसको व्याख्या सबै गर्नलाई वेदव्यासजी जन्मिनु पर्ला कि ?
टिप्पणीहरू